बिबेक कुमार महतो,गौशाला । महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
गौशाला नगरपालिका–१ रामनगरस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा काम गरेर साईकलमा घर फर्केने क्रममा गएराति स १ च १३९३ नम्बरको एम्वुलेन्सले ठक्कर दिदा गौशाला नगरपालिका – ११ बस्ने ३५ बर्षिय तेजलाल महतोको मृत्यु भएको हो ।
गएराति करिब ९ बजे रामनगरबाट गौशाला तर्फ जाँदै गरेको समयमा पछाडिबाट आएको एम्वुलेन्सले ठक्कर दिदा महतो घाईते भएको थियो । गम्भीर घाईते अवस्थामा रहेको महतोलाई तत्काल उपचारको लागि जनकपुर लाने क्रममा उनको वाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
https://www.facebook.com/watch/?v=1364824260633550
मृतक महतोको शव पोस्टमार्टम को लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
ठक्कर दिने एम्वुलेन्स र चालक सर्लाही वरहथवा नगरपालिका ९ बस्ने ३४ बर्षिय रामविहारी महतो अहिले प्रहरीको नियन्त्रणमा रहेको डिएसपी विष्टले जानकारी दिए ।
https://youtu.be/rEAXNyu8EsU