काठमाडौं- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने निर्वाचन आयोगले जनाएको छ।
बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र मतदाता छापिने जानकारी दिनुभयो । उहाँले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको बताउनुभयो।



सहायक प्रवक्ता अर्यालका अनुसार दुई करोड मतपत्र छाप्नका लागि ११ करोड रुपियाँको कागज किनिसकेको छ । मतपत्र जन शिक्षा सामग्री केन्द्रले छाप्ने छ ।
निर्वाचनमा एक करोड ७८ लाख मतदान हुने सक्ने अनुमान आयोगले गरेको छ र अन्तिम मतदाता नामवली चैत १३ गते सार्वजनिक हुने उहाँले बताउनुभयो ।
त्यस्तै, निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचारसंहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।




