
जनकपुरधाम- धनुषाको मिथिला नगरपालिकाको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस मेयरको टिकट पाएका महेन्द्र महतोले मनोनयन दर्ता गराएका छन् ।

सोमबार दिउँसो ढल्केवर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर महतोले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
महतोसँगै उपमेयरमा नेपाली काँग्रेसबाट उपमेयरको टिकट पाएकी निर्मला कोइरालाले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।
नेपाली काँग्रेसका कार्यकर्ता दलबल सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका पुगेका थिए । नेपाली काँग्रेसका कार्यकर्ताको तर्फबाट नगरपालिकाको ११ वटै वडाको वडा अध्यक्ष र सदस्य पदमा समेत उम्मेदवारी दिएको नेपाली काँग्रेस मिथिला नगरपालिकाका नगर सभापति जोगी महतोले बताए ।
नेकपा एसबाट सुर्य पुडासैनीको मनोनयन दर्ता
नेकपा एसबाट मिथिला नगरपालिकाको मेयरको टिकट पाएका सुर्य पुडासैनीले मनोनयन दर्ता गराएका छन्

सोमबार दिउँसो ढल्केवर स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर पुडासैनीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
महतोसँगै उपमेयरमा नेकपा एसबाट कविता सिन्हाले उम्मेदवारी दर्ता गराएकी छन् ।
एमालेबाट राजाराम महतोले गराए मनोनयन दर्ता
मिथिला नगरपालिकाका मेयर पदमा नेकपा एमालेको तर्फबाट राजाराम महतोले मनोनयन दर्ता गराएका छन् ।

एमाले निवर्तमान मेयर हरिनारायण महतोसँग अन्तिम समयमा टिकट खोसेर राजारामलाई उम्मेदवार बनाएको हो । एमालेको तर्फबाट मेयरमा राजाराम महतोले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।
यस्तै एमालेले उपमेयरमा सुनिता सिंह बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
स्वतन्त्रबाट हरिनारायण महतोको मेयरमा उम्मेदवारी
यता यसअघि एमालेबाट मेयर बनेका महतोले यसपटक पार्टीले टिकट खोसिएपछि पुनः मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् । निवर्तमान मेयर हरिनारायण महतोले मेयर पदमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत धितालले जनाए ।

पार्टीको नगर कमिटीले एमालेबाट पुनः मेयरका लागि एकल सिफारिस भएर चुनावी प्रचारप्रसारमा जुटिरहेको बेला हरिनारायणको टिकट खोसेर अन्तिम समयमा राजाराम महतोलाई मेयरको टिकट दिएपछि हरिनारायण पक्षका नेताकार्यकर्ता रुष्ट बनेका छन् ।