
सर्लाही : जिल्लाको सदरमुकाम मलंगवास्थित एक घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार मलंगवा नगरपालिका(१०, मा रहेको नेपाली कांग्रेसका नेता एवं स्थानीयबासी जयप्रकाश मल्लिकको घरमा आगलागी भएको हो।
आगलागीबाट अन्न, कपडा, गरगहना समेत जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
पक्की घरमा भने आगलागीले खासै क्षति गरेको छैन्। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको जस्तो देखिएको प्रहरीले बताएको छ। आगलागी स्थानीयबासीहरु मिलेर नियन्त्रणमा लिएका थिए।