महोत्तरीको मठिहानी नगरपालिकामा दोश्रो पटक पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मठिहानी नगरपालिकाको मेयर पदका उम्मेदवार हरि मंडल संग गरिएको चुनावी छलफलको सारसंक्षेप
मेयरको रुपमा एक कार्यकाल सम्पन्न गरेर पुन: अर्को कार्यकालका लागि जनता माझ पुग्दै हुनुहुन्छ के भिन्नता पाउँनु भएको छ?



गाउँघरमा जाँदा कहि कसैले विकास निर्माणको काममा कमी कमजोरी भएको वा नगरपालिकालाई घात पुर्याउने कुनै किसिमको नकारात्मक कुरा नआई बरु जुन घरमा गए त्यस घरमा माया, ममता र स्नेह पाए, जनताले राम्रो काम गरे वापत आउँने समयमा पुनः आफुलाई मेयरको पदमा हेर्ने आकांक्षा रहेको छ। हिजो जुन तरिकाले मेहेनत र लगनका साथ पालिकालाई अगाडि बढाए त्यसै तरिकाले पुनः नगरपालिकालाई अगाडि बढाउने काम लाग्ने छु ।
फेरी पनि जनताले हरि मंडललाई नै भोट दिने आधार के ?

एक कार्यकाल पुरा गरी सकेकोले जनताले मैले गरेको विकासको काम हेरिसकेको र नगरपालिकाको लागी हरेक क्षेत्रमा आफ्नो योगदान विकासको कामको मूल्याङ्ककन गरी सकेकोले यहाँ जनताहरुले आफुमाथि भरोसा भएकोले मलाई भोट दिनुहुन्छ भन्ने अपेक्षा रहेको बताए ।
अब दोश्रो पटक निर्वाचित भए पछि नयाँ के के गर्नु हुन्छ, नयाँ एजेन्डाहरु के के छन् ?
चुनाब जिति सके पछि सर्वप्रथम हरेक थोक बजेटमा आधारीत भएको हुँदा तमाम विकासको कामको बजेटमाथि संरचना खडा हुने भएकोले लगभग पाँच वर्षको समयमा बाँकी रहेको अधुरो विकासका काम पुरा गर्ने, कृषि क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने, शिक्षामा सुधारको काममा आफु सन्तुष्ट नरहेको र शिक्षालाई अझ गुणस्तरीय र देश, विदेशमा जस्तै मोडेल तरिकाको पठनपाठन बनाउनु पर्ने, सडकहरु चाहे अनुसारको रोड, ढलको व्यवस्थापन गर्नु पर्ने , सौन्दर्यकरणको विषयमा हाम्रो मठिहानी नगरपालिका भित्र एतिहासिक, पौरानिक र सांस्कृतिक झलकाउने मठ, मन्दिरहरुको सोन्र्दयकरण गरी पर्यटक स्थलको निर्माण गर्नुपर्ने, स्वास्थ्यको अवस्थामा हालमा रहेको नौवटा स्वास्थ्य चौकी र १५ वेडको हस्पिटल बनिरहेको अवस्था छ र अझ एउटा ठुलो हस्पिटलको आवश्यकता रहेकोले त्यसमाथि जोड दिनुपर्ने, नगरपालिका भित्र रहेको जतिपनि जोडने रोडहरु छन् त्यसलाई संघ सरकार र प्रदेश सरकारमा लविङ्ग गरी टुलाईन र फोरलाईन बनाउनुपर्ने, हरेक पोलमा सेन्सर लाईटको जडान गर्नुपर्ने, मठियानी नगरपालिकामा रहेको बजारको विकासको काम गर्नुपर्ने, यस्ता धेरै सामाजिक काम गर्नु पर्ने अपेक्षा जनजनमा छ त्यसलाई मध्यनजर गरी विकासको काममा रतिभर पनि पछि नहटने किन कि मनमा सोच,आट र काम गर्नको लागी चाहना भएको बताए । आफ्नो भिजन भन्दा बढी जनताले चाहेको अनुसार विकासको काम गर्ने अभिरुची बढदै गएको र घरदैलोको अभियानमा एकजनालाई जनताले भनेको अनुसारको विकासको कामको टिपोट गर्ने कामपनि थालेको र त्यसलाई पहिलो प्राथमिकता दिने र हरदम लागीपर्ने यस्ता विभिन्न आधारहरु छन् मतदाताले मलाई फेरि पनि भारी मतले जिताउनेमा विश्वस्त रहेकोे छु ।




