धनुषा- धनुषाको मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिज स्थित श्री जनता माध्यमिक विद्यालयमा खेलाडीहरुले गरिरहेकाे हक्की खेल अभ्यासको अनुगमन युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु द्वारा बुधवार गरिएको छ।
मधेस प्रदेश यो मात्र एक सामुदायिक विधालय हो जहाँ दैनिकी साँझ २ घण्टा हक्की खेलको अभ्यासमा विद्यालयका छात्रछात्राहरु व्यस्त हुन्छन्। साँझपख विधालयमा जाँदा रङगीबिरङी ज्याकेट, टि-शर्ट, पेन्ट ,जुत्ता,सेफ गर्ड प्याड र हातमा स्टिक लिएर खेलाडिहरू हक्की खेलको अभ्यास गरिराखेको पाइन्छ। सोहि खेलमा लागेका छात्र-छात्राहरुको मनोबल उकास्नका निम्ति र खेलमा आवश्यक पर्ने खेल समाग्रीहरुको आवश्यकताका विषयमा छलफल गर्न केन्द्रीय स्तरको मन्त्रालयलबाट पदाधिकारीहरुले अनुगमन गरेका हुन् ।
विद्यालयले हक्की खेलको लागि गरेको प्रयासको स्थलगत अनुगमनको क्रममा युवा तथा खेलकुद मन्त्रालयको सचिव डा.दामोदर रेग्मी, राष्ट्रिय योजना आयोगका सदस्य उमाशंकर रौनियार ,राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षक विभागका निर्देशक अर्जुन विश्वकर्मा , रा.खे.पा. संघका उपनिर्देशक तथा पुर्व वरिष्ठ परशिक्षक बाबुराम नेपाल बाट मंगलबार साँझ तिर खेलको समयमा अनुगमन गरिएको थियो।
यहाँबाट अहिले दशजना हक्की खेलाडीहरुलाई राष्ट्रिय स्तरको खेल मा सहभागी गराइसकेको मा विधालयका प्रधानाध्यापक श्याम कुमार यादव सहित उर्जावान शिक्षक टिम र विधार्थीहरुलाई शुभकामना सहित धन्यवाद व्यक्त गर्दै हक्की खेलमा आवश्यक पर्ने खेल समाग्रीहरु उपलब्ध गराउने र आर्थिक सहयोग गर्ने भनेर युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले प्रतिबध्दता गरेका थिए।
त्यसैगरी हिमालय युवा क्लबका पुर्वअध्यक्ष तथा सोहि क्लबका संरक्षक अरुण कुमार महतोले भने:- "यो विधालय मा समय-समयमा विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको हुन्छ,त्यसमा चाहि हक्की खेलको लागि विधालयले प्रशिक्षक राखेर साँझ-बिहान विधार्थी-खेलाडिहरु लाई अभ्यास गराउदै गरेको अनुभव म आफ्नै आँखाले बटुलेको छु।विधालयलाई नमुना बनाउनका निम्ति हरेक क्षेत्रबाट अहोरात्र प्रयास गरिराखेको विधालयका युवा, मिहेनती प्रअ.श्याम कुमार यादवको प्रशंसा गर्दै विधालयका हक्की प्रशिक्षक श्याम बाबु नायकलाई धन्यवाद व्यक्त गरेका थिए।
केन्द्रीय स्तरको मन्त्रालयलबाट पहिलो चोटी भनौ वा धेरै वर्षको अन्तरालमा पदाधिकारीहरु को आगमन भएको देखेर खुसी व्यक्त गर्दे जनता मावि नक्टाझिज का हक्की खेल प्रशिक्षक श्याम बाबु नायकले जानकारी दिए।




