औरही । महोत्तरीको औरही नगरपालिका नवनिर्वाचित नगर प्रमुख प्रदिप कुमार खडका र उपप्रमुख रेणु झाले पदभार ग्रहण गरेका छन् ।
सोमबार महोतरी जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत दिपक खरेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरे लगत्तै नवनिर्वाचित औरही नगरपालिकाका नगर प्रमुख खडकाले हरित अभियान संचालन गरेर औरही नगरपालिकालाई पर्यावरण मैत्री नगर बनाउने बताएका छन् ।




उनले सोहि अभियान अन्तर्गन औरही नगरपालिका १ स्थित हनुमान मन्दिरमा वृक्षारोपण गरि नगरपालिका पुगेर पदभार सम्हालेका हुन ्।नगर प्रमुख खडका र उपप्रमुख झाले निर्वाचन सफल गराउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै समुन्नत पालिकाको विकासमा आफु लागि पर्ने बताए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट औरही नगरपालिकाको नगर प्रमुख पदमा लडेका खडकाले ६हजार ६७ मत र उपप्रमुख झाले ५ हजार ८सय ८ मत ल्याएर निर्वाचित भएका थिए । पदभार ग्रहणअघि नगर प्रमुख खडका र उपप्रमुख झालाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्रलाल कणर् सहित कर्मचारीहरूले भब्य स्वागत गरेका थिए ।
यस पालिकाको वडा अध्यक्ष र सदस्यहरुको बुधवार को सपथ ग्रहण गराइने बताइएको छ।






