रौतहट। जिल्ला समन्वय समिति रौतहटमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु प्यानलसहित निर्वाचित भएका छन् । आइतबार गौरमा भएको निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित भएका हुन् ।
१८ स्थानीय तह रहेको रौतहटमा जिससको सभापतिमा रामअयोध्या यादवले २६ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा एकीकृत समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । सदस्यहरुमा काँग्रेसका अशोक कुमार झा, इन्दु देवी, बिजुलिया पासवान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् ।
अन्य सदस्यहरुमा समाजवादीका किरण देवी पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा ३१ मत खसेको थियो ।




