महोत्तरी- नेपालमा रहेका जन्मसिद्ध नागरिकका सन्तानलाई हाल सम्म अनागरिक बनाइएको पीडा समेटिएको "अनागरिक बनल छी" मैथिली गित सार्वजनिक शुक्रवार सार्वजनिक गरिएको छ।
सोनामा गाउँपालिका निवासी धर्मेन्द्र कुमार यादवको शब्द रचना र स्वरमा रहेको गीतको एलबम सोनमा गाउपालिका प्रमुख बिशेश्वर प्रसाद यादवले एक कार्यक्रम बीच सार्वजनिक गरेका हुन्।
कार्यक्रममा सोनमा गाउपालिका शिक्षा संयोजक राजकुमार यादवले गीतबारे धारणा व्यक्त गर्दै गीतको हरेक शब्द शब्दमा पीडा पोखिएको बताए । उनले भने, 'वास्तवमा नेपालमा जन्म भएका मानिसहरुको सन्तानलाई शिक्षाबाट बन्चित गरिएको छ, यस गीतमा आधुनिक म्युजिक र वर्तमानमा भएको समस्यालाई दर्शाएको छ।'
गीतमा नेपालमा जन्म भएका मानिसहरुलाई नागरिक सरह व्यवहार नभएको जनाइएको छ। नागरीकता अभावमा बैंकमा खाता खोल्न, जागीर पाउन, लगायतका आधारमूत आवश्यक्ताहरुबाट बंचित हुनुपरेकाे पीडा गीत मार्फत वर्णन गरिएको छ।
"केकरा खातिर पढ्हु भैया, अपने ही देशमे हम अनागरिक बनल छी, छी हम यही देशके बेटा तैयो अनागरिक बनल छी" बोलको गितमा आफू भोटमा मत खसाल्न समेत बंचित गरिको तर भोटमा सहयोग गर्ने राजनितीकर्मी पनि नागरिकता बारे अवाज नउठाउनु दुर्भाग्य रहेको गीतमा भनिएको छ।
कुनै पनि देशमा जन्म भएपछि मानिसलाई आफ्नो बुवा र आमाको नाम चिनाउन नागरिकता चाहिन्छ तर एउटै देशमा बसेर धेरै संख्यामा नागरिकता बिहिन नेपालीहरुको अवाज यस गीतमा उठाइएको कुरा गीतकार यादवले बताए । उनले नागरिकता पिडितहरुको लागि सधै आवाज उठाउदै आइरहेको बताए।




