भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एकपटक विश्वकै सबैभन्दा लोकप्रिय नेता बनेका छन्।
अमेरिकी डाटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टले गरेको सर्वेक्षणका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेससहित २२ देशका नेताहरूलाई रेटिङमा पछाडि पारेका छन्।
मोदीको अनुमोदन रेटिंग ७५ प्रतिशत रहेको बताइएको छ। यस सूचीमा अमेरिकी राष्ट्रपति बाइडेन ४१ प्रतिशत रेटिङका साथ ११ नम्बरमा छन्।
प्रतिवेदनमा दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोर छन्, उनलाई ६३५ जनताले मतदान गरेका थिए। तेस्रो नम्बरमा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेस छन्, उनलाई ५८ प्रतिशत जनताले मन पराएका छन्।
सर्वेक्षण यस वर्ष भदौ १७ देखि अगस्ट २३ सम्म गरिएको थियो।




