फोटो : धर्वेन्द्र कुमार यादव(यदुवन्शी )
काठमाडौं। मनसुनी वायु सक्रिय हुँदा गएराती देखि नै तराईका केहि जिल्लामा झरी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबार दिनभरी नै तराईका जिल्लामा झरी पर्ने जनाएको छ ।
मनसुनको न्यून-चापीय प्रणाली तराई नजिक रहेकाले त्यस क्षेत्रमा लगातार पानी परिरहेको मौसमविद्ले बताएका छन् ।



मौसमविद् बरुण पौडेलका अनुसार तराईका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताए ।
मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा वर्षाको सम्भावना छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।





