काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरू पदमुक्त भएका छन् । बिहीबार प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पदमुक्त गरेकी हुन् ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाउन सिफारिस गरेका हुन् ।





