
सन्दर्भ हो २०४७ मंसिर ८ गतेको । नेपालमा लोकतन्त्र पुनरबहाली पश्चात नेपाल सदभावना पार्टीको पहिलो आमसभा हुँदै थियो, काठमाण्डौको टुडिखेलको खुला मैदानमा । आमसभामा प्रयोग भइरहेको भाषा थियो हिन्दी । सभाको अध्यक्षता गजेन्द्र नारायण सिंहले गरेका थिए भने हृदेश त्रिपाठी उदघोषक थिए । हिन्दीमा संचालित उक्त कार्यक्रममा रामजन्म तिवारी, रामचन्द्र मिश्र, राजेन्द्र महतो, अनिल झा सहित १७ वर्षिय रमण पाण्डेयहरुको उपस्थिती थियो । हिन्दीमा भाषण गरेको निहुमा केही गैर मधेशी गुण्डाहरुले त्यस सभामा सांघातिक हमला गर्यो ।
आएको एउटा भिडले कार्यक्रम बिथोल्दै नेताहरुलाई कुटपिट गर्न थाल्यो । जसमा गजेन्द्र नारायण सिंह, रामचन्द्र मिश्र लगायतका नेताहरु घाइते हुँदा कलिलो उमेरमा मधेशवादमा लागेका युवा रमण पाण्डेको टाउकोमा ५ वटा टाँका लागेको थियो । भाषा र नश्लको आधारमा कसरी मधेशी सँग बिभेदको खाडलको गहिराई पनि पाण्डेयले प्रत्यक्ष अनुभूती गरेको हुनुपर्छ । त्यही भएर होला, आफ्ना बरिष्ठ नेताहरु समक्ष अब देखि कहिल्यै खस नेपाली भाषा नबोल्ने भनि संकल्प लिए । र बितेको ३२ वर्षमा बिघी नदीमा धेरै पानी बगिसक्यो । तर रमण खस नेपाली भाषा बोलेको सुनिँदैन । बोल्दैनन् ।

नेपाल सदभावना पार्टी के भातृ संगठन नेपाल विद्यार्थी मंच के संस्थापक सदस्य, हिन्दी अभियानी, मधेश आन्दोलनमा पहिलो पंत्तीमा रही सहभागीता जनाउँदै आएका नेता हुन रमण पाण्डेय ।
राजा महेन्द्रले मधेशलाई बिभाजित गर्न र राजनीतिक रुपमा अल्पमत मा राख्ने उद्देश्यले जंगल काटेर महेन्द्र राजमाग्र बनायो । तर मधेशलाई पूर्व देखि पश्चिमसम्म जोड्नको लागि हिन्दी भाषा पुलको काम गर्नेछ भनि सदभावनाले भाषिक मूभमेन्ट नै चलाएको थियो ।
काठमाण्डौसँगको लडाईमा समग्र मधेशको राजनीतिक दृष्टीकोणमा समान्ता राख्न बैचारिक आदान प्रदानले भूमिका खेल्ने हो । र हिन्दी त्यसको लागि बिकल्पहिन उपाय हो ।
तीन दशक पहिला टुडिखेलमा हिन्दी बोलेको कारण प्रशासनको क्रुरता झेलेका पाण्डे हिन्दी बाहेक अन्य भाषा प्रयोग नै गर्दैनन्। गजेन्द्र नारायणले उठाएका मुद्दाको ओज जतिबेलासम्म जिवित रह्यो त्यतीबेलासम्म नेपाली राजनीतिमा एटेन्सन सिखरको रुपमा हृदेश त्रिपाठी नेपालको संसदमा हिन्दी बोलेका हुन । तर अठार देखि पैँतिश उमेर सम्मका पुस्ताले सदनमा त्रिपाठी हिन्दी बोलेको सुन्न पाएको छैन ।
राजेन्द्र महतो लगायतका नेताहरु खास समयसम्म मधेशमा हिन्दी भाषाको महत्वबारे गम्भिर नै देखिए । बिरलै मधेशी नेताले काठमाण्डौका मिडियामा हिन्दी भाषामा अन्तर्वार्ता दिएको होला । तर रमणले नेपालको चर्चित पत्रकार रिसी धमलालाई हिन्दीको उपादयेता सम्झाउँदै लामो अन्तरवार्ता दिइसकेको छन् । केही दिनका लागि भएपनि उक्त अन्तरवार्ता बारे खुबै चर्चा भएको थियो, बिभिन्न नियतका साथ ।
धेरैकमलाई जानकारी होला, काठमाण्डौ ल क्यापस बाट कानूनमा स्नातक गरेका पाण्डेय महोत्तरी बार एशोसिएशनका सदस्य समेत हुन् । तर खस नेपाली भाषा नबोल्ने भनि लिएको महाप्रणको कारण उनि कानून व्यवसायी बन्न रुचाएनन् ।
सदभावना नेपालमा गजेन्द्र नारायण सिंहको सानिध्यतामा रहेर सडक र समुदायमा मधेशका सरोकारहरुबारे पाण्डेले खुब भूमिका खेलेका छन् ।
२०६२-०६३ को लोकतान्त्रीक आन्दोलनमा महोत्तरीको सदरमुकाममा आन्दोलनरत पाण्डेयलाई गम्भिर चोटपटक लागेको थियो। सदभावनाकालमा त पाण्डेय धेरैपटक हिराशतमा समेत परेका थिए ।
त्यसैगरि पछिल्लो मधेश आन्दोलनको बेला समेत आफ्नो सक्रिय भूमिका खेलेका पाण्डेय पार्टीमा कहिल्यै पनि लाभको पद मा गएनन् मात्रै होइन, माग पनि गरेनन् ।
२०७४ को निर्वाचनमा कुनै पनि चुनाब लडेनन् । तर मंसिर-४ गते हुन गइरहेको निर्वाचनमा उनि आबद्ध लोकतान्त्रीक समाजवादी पार्टी महोत्तरी क्षेत्र नं ३ 'क' बाट प्रदेश सभाको उम्मेदवारको रुपमा सिफारिस भएको देखियो ।
टिकटका लागि उनले महन्थ ठाकुर देखि राजेन्द्र महतो सम्म हारगुहार लगाउँदा समेत रित्तो हात फक्रिन बाध्य भए । एउटा अनौपचारिक भेँटमा मैले उनलाई सोधे, तपाई जस्तो मान्छेले टिकट पाउन सकेन ?
उनको सरल जवाव थियो, ‘देखिए रणधीर बाबु, मै कोई चुनाबी जिब नहीं हुँ । मुझे मधेश माँ की सेवा कर्ने के लिये, चुनाब एक तकनिकी चिज है । हाँ, पार्टी ने टिकट नही दिया मुझे कोई आश्चर्य नही हुवा । लेकिन मै यह आवश्य याद रखुंगा की मैने अपने तीन दशक से अधिक की राजनीतिक सँघर्ष मे पेहली बार टिकट माँगा था ।’
स्वाभिमाणी स्वभावका पाण्डेय राजनीतिक दललाई फगत साधनका रुपमा लिने गर्छन । उनको नजरमा साध्य त मधेशवाद नै हो । मधेशवादको अगाडी कसैको नसुन्ने हठ्ठी मानिएका नेता पाण्डेय आफ्नै दलका “सुप्रिमो ब्राण्ड”का नेतहरुलाई समेत सैद्धान्तिक तर कडा टिप्पणी गर्नबाट परहेज गर्दैनन् ।
रमण पाण्डेय मंसिर ४ को निर्वाचनमा मधेशका बिभिन्न जिल्लाहरु भ्रमणमा निस्कने योजना बनाएका छन् । गजेन्द्र नारायण सिंहले देखेको मधेशको सपना अधुरो रह्न सक्दैन भनि बुझाई छ उनको । उनि मधेशका जिल्लाहरुमा घुमेर मधेशवादको पक्षमा मतदान गर्न अपिल गर्नुका साथै मधेशवादको भविष्यबारे आम मधेशीलाई बुझाउने प्रयाशमा लाग्ने छन् ।
मंसिर-४ पश्चात मधेशवादको साधन र साधनाको आयतनबारे नयाँ दृष्टिकोण सहित अगामी संघर्षको यात्रा कोरिने बारे उनि प्रस्ट छन् ।