जिम्बावेले ट्वान्टी-२० विश्वकप सुपर–१२ को ग्रुप–२ मा बिहीबार पाकिस्तानमाथि सनसनीपूर्ण एक रनको रोमाञ्चक जित निकालेको छ ।
भारतविरुद्धको खेल गुमाएको पाकिस्तानले यस हारले सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जिम्बावेले भने आफ्नो त्यही सम्भावनालाई कायम राखेको छ ।




जिम्बावेले ट्वान्टी-२० विश्वकप सुपर–१२ को ग्रुप–२ मा बिहीबार पाकिस्तानमाथि सनसनीपूर्ण एक रनको रोमाञ्चक जित निकालेको छ । भारतविरुद्धको खेल गुमाएको पाकिस्तानले यस हारले सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जिम्बावेले भने आफ्नो त्यही सम्भावनालाई कायम राखेको छ ।
पाकिस्तानका लागि सन मसुदले सर्वाधिक ४४ रन बनाए । उनले ३८ बलको सामना गरेर तीन चौका प्रहार गरे । जिम्बावेली बलरमध्ये सिकन्दर राजाले २५ रन खर्चिएर तीन विकेट लिए । पाकिस्तानको यो लगातार हार हो र शून्य अंकमा रहेको छ । जिम्बावेको भने दुई खेलबाट तीन अंक भएको छ ।

टस जितेर पहिले ब्याटिङमा ओर्लेको जिम्बावेले ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । त्यसमा सिन विलियम्सले सर्वाधिक ३१ रन बनाए । उनले २८ बलको सामना गरे र तीन चौका प्रहार गरे । पाकिस्तानी बलरमध्ये मोहम्मद वासिम सर्वाधिक सफल रहे । उनले २४ रन खर्चिएर ४ विकेट लिए । यस्तै साबद खानले २३ रन दिँदै ३ विकेट लिए ।
तस्बिरहरू : आईसीसी




