
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले महोत्तरीका विष्णु बहादुर योञ्जन सहित ३ जना माओवादीबाट निष्कासन गरेको छ।
माओवादी पार्टीले आज एक विज्ञप्ती जारी गर्दै महोत्तरीका गौशाला १२ बस्ने निर्वाचन क्षेत्र नं. १ (ख) का स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योञ्जन, सोही ठाउँ बस्ने उम्मेदवारका प्रस्तावक गौशाला ८ बस्ने पृथ्वी बहादुर बलम्पाकी र समर्थक बर्दिवास न.पा. १० बस्ने विजय कुमार यादवलाई साधारण सदस्य समेतबाट निष्कासन गरेको जानकारी गराइएको छ।
विज्ञप्तीमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको नारा सहित २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) का उम्मेदवारको विरुद्धमा एवम् गठवन्धन दल बिच सहमति बनेका गठबन्धन दलका अधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी तथा त्यसका प्रस्तावक र समर्थकहरुलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन अनुरोध गरिसकेको र सो को समयावधि पनि समाप्त भई सकेकाले पार्टीकव अन्तरिम विधान २०७८ को धारा ७(१) (छ) को पार्टीको सिद्धान्त, कार्यक्रम, नीति प्रभावित भएकोले धारा ९(१) (ग) बमोजिम पार्टीले तपशिलका नेता कार्यकार्तालाई अनुशासनको कारवाही गरी आजको मिति देखि नै लागु हुने गरी कारवाही गरिएको उल्लेख गरिएको छ।
