जनकपुरधाम: निर्वाचनका लागि धनुषामा सबै तयारी पुरा भएको छ। निर्वाचनको लागि सात हजार सुरक्षाकर्मी र ६ हजार कर्मचारी परिचालन गरिने भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अनुसार मंसिर १ देखिदेखि प्रत्येक मतदान स्थलमा सुरक्षाकर्मी पुग्ने छन् । मतदानस्थललाई चार वटा सुरक्षार्मीले सुरक्षा दिने छन् । यी चारै निकाय मिलाएर सात हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन गरिएको प्रजिअ पौडेललेल जानकारी दिए ।
प्रजिअ पौडेलको अनुसार अनुसार १७ सय नेपाल प्रहरी र ३५ सय म्यादी प्रहरी परिचालन हुने छन् ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र अपराध अनुसन्धान प्रहरी गरी सात हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने बताए ।
मधेस प्रदेशका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाए अनुसार धनुषामा ६ हजार कर्मचारी खटाइएको छ । कर्मचारीहरु छनोट भइसकेका छन् । उनीहरुलाई जनकपुरधाम स्थित प्रशिक्षण निर्वाचन आयोगले सम्पन्न गरिसकेकोछ ।
मंसिर १ गते साँझ कर्मचारीहरु पनि मतदान स्थल पुग्ने धनुषा अधिकृत प्याकुरेलले जानकारी दिए।उनको अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा १३ सय कर्मचारीको दरले खटाइएको छ । यस पटक पनि मतदानस्थलमा दुई वटा लाइनबाट मतदान हुने छन् ।
निर्वाचन अधिकृत प्याकुरेलले कार्तिक २३ गतेको बैठकले कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर मतदान गराइने निणर्य भएको बताए । उनले यसपालि मतदानस्थल आपाङ्गमैत्री पनि हुने जनाए ।
उनले उनीहरुलाई लक्षित गरी मत पेटिका सहज रुपमा पुग्ने ठाउँमा र विगतभन्दा तल पनि राखिने तयारी गरिएको जनाए। मतदानस्थलमा गर्भवती, ज्येष्ठ नागरिक, विरामी, असक्त, किरियापुत्री र सुत्केरी मतदाताको लागि विश्रामस्थलको पनि व्यवस्था गरिएको निर्वाचन अधिकृत प्याकुरेल जनाए ।




