काठमाडौं। विराटनगरमा आज बिहान बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएको छ। विराटनगर महानगरपालिका-३ पुष्प मार्गमा शनिबार बिहान करिब साढे ६ बजेतिर शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो।
सडकको छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।



उनका अनुसार शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाउँदै प्रहरीले घटनास्थलाई सुरक्षित राखेको छ।
उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदै छ। सेनाको टोली घटनास्थल आइपुगेपछि उक्त वस्तु बम हो कि हैन भनेर यकिन हुने प्रहरीले जनाएको छ।




