
दिवेश कुमार महतो /ढल्कवेर,धनुषा
मधेस प्रदेशको राजधानी धनुषाको जनकपुरधाममा ४ दिने समाचार-फिचर लेखनसम्बन्धी प्रशिक्षण सुरु भएको छ।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको आयोजना तथ धनुषा शाखाको संयोजनमा मङ्सिर ९ गतेदेखि मङ्सिर १२ गतेसम्म चार दिने प्रशिक्षण संचालन हुने भएकाे छ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा आयोजित तालिममा केहि महिना अगाडि आधारभूत पत्रकारिता तालिम प्राप्त गरेका संचारकर्मीहरुलाई नै सहभागी गराइएकाे छ । एडभान्स तालिम को रुपमा आधारमूत तालिम लिइ सकेहरु मध्येबाट छनौट गरेर सहभागी गराइएकाे कार्यक्रमका व्यवस्थापक रामप्रसाद दहालले बताए।
दाहालका अनुसार "हामीले यो भन्दा अघि पनि धनुषा जिल्लालाई केन्द्रीत गरी आधारभूत पत्रकारिता तालिम दिएका थियौँ। सोही पत्रकारहरु मध्येबाट सक्रिय रुपमा काम गर्दै आएका पत्रकारहरुलाई समाचार फिचर लेखन सम्बन्धी प्रशिक्षण दिन लागेका हौं। पत्रकारिता मा आबद्ध भएकालाई समाचार लेख्न सहजता प्राप्ति होस् , फिचर समाचार लेखन सम्बन्धी गहण जानकारी होस् र सत्य ,तथ्य र निष्पक्ष समाचारको खोजीमा प्रत्सोहन होस् भन्नका निम्ति हामीले ईन्टरनेशनल अलर्ट र युरोपियन युनियन को आर्थिक सहयोग प्रशिक्षण सुरु गरेका छौँ। "
समाचार- फिचर लेखनसम्बन्धी प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पुर्व अध्यक्ष तारानाथ दाहाल रहेका छन् ।