जनकपुरधाम-नेकपा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ मतगणनाको अन्तिमतिर आउँदा झिनो मतले अघि बढेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा सुरुदेखि नै कांग्रेस सहमहामन्त्री महेन्द्र यादवसँग फराकिलो अन्तरमा पछि परेका महासेठले बटेश्वर गाउँपालिकाको मतगणना सकिँदा ३४ मतले अघि बढेका छन् ।
पछिल्लो मत परिणाम अनुसार महासेठको पक्षमा २४४८२ मत रहेको छ भने यादवको पक्षमा २४४४८ मत छ ।
अब मिथिला नगरपालिकाकाे १० वडाको मतगणना हुन बाँकी रहेको मतदान अधिकृत सुदिप दंगालले जनाएको छ। यहाँ १० वडाका १९ हजार ९०१ मत गन्न बाँकी रहेको छ ।




