महोत्तरी – एक जना कार्यालय सहयोगीको निधनमा महोत्तरीको गौशाला नगरपालिकाले आज (मंगलवार) एक दिनका लागि शोक बिदा दिएको छ ।
वडा नं. ५, गौशाला बजारमा रहेको वडा कार्यालयका सहयोगी लिल बहादुर बलम्पाकीको निधनमा नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुमा बिदा दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापाले एक सूचना निकालेर शोक विदा दिएका हुन् ।



सूचनामा शोक विदाले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ । वडा कार्यालयका सहयोगी बलम्पाकीको राती ११ बजेतिर अचानक निधन भएको वडा अध्यक्ष ओम प्रकाश गुप्ता ले जानकारी दिए ।






