जनकपुरधाम- धनुषामा आफ्नै काकीलाई बलात्कार गरेर हत्या गरेको आरोपमा एक पक्राउ परेको छ।
विदेह नगरपालिका वडा नम्बर-७ बेलापट्टि बस्ने २० वर्षीय दिलिप साहले आफ्नो ३० वर्षीया काकी कविता देवी साहलाई बलात्कार गरिे हत्या गरेको प्रहरीले जनाएको छ।



पुस १० गते भएको हत्या घटनामा मृतक कविता साहको १४ महिने छोरा कार्तिक कुमार साह समेत घाइते भएका छन् । घाइते बालक साहको काब्या अस्पताल जनकपुरमा पुस १० गतेदेखि उपचार भई रहेको बालक साहको वुवा श्रीराम साहले बताए।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज गरेको पत्रकार सम्मेलनमा एसपी विश्वराज खड्काले पारिवारिक कलहले गर्दा भतिजोले काकीलाई बलात्कार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरि घटनाको हत्यारालाई पक्राउ गरेको जनाएको छ। घटनामा अरु व्यक्तिहरुको समेत संलग्नता रहेको प्रहरीको आंशका रहेको छ ।
यसरी भएको थियो घटना
पुस ११ गते साँझ ३० वर्षीया कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनको १४ महिनाको छोरा घाईते भएको प्रहरीमा खबर गरिएको थियो ।
प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीको अनुसन्धान टोली घटना स्थलमा जाँदा मृतक लाशको अनुहारकै भागमा गम्भिर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
कुकुर सहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हाथको बुढी औला तथा घाँटिको भागमा स-साना चिथोरीएको जस्तो दाग देखिएको थियो ।
एसपी विश्वराज खड्काका अनुसार दिलिपको शरीर खान तलासि गर्दा उनले लगाएको अन्डर वेयर भित्र मृतकले प्रयोग गर्ने मोवाईल लुकाई छिपाई राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडी भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको हो ।
त्यस्तै, वरदातको समय लगाएको जिन्स पाईन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा आफ्नो घरमा ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।
जिल्ला आदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफ्नै काकीको विभत्स हत्या गर्ने २० वर्षीय युवक प्रहरीको फन्दामा




