औरही - आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकको चिरशान्तिको कामना गर्दै औरही बजार चौकमा दीप प्रज्वलन गरिएको छ ।
सोमवार औरही यूथ फोर्सले औरही नगरपालिका १ स्थित औरही बजार चोकमा मृत्तात्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन्।
आइतबार पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जहाजमा ७२ जना सवार थिए । अज्ञात ४ जना यात्रुको खोजी तथा उद्धार आज पनि जारी छ ।