
कसैलाइ पानी नपाएर मुख सुक्न लाग्यो ।
कसैको रक्सि खाएर पेट फुट्न लाग्यो ।
कोहि हात मुख जोड्न नसकेर सुत्न सकेका छैनन ।
कोहि गास धेरै भएर उठ्न सकेका छैनन ।
जनताको डोकामा ढुङा बोक्दा बोक्दै ढाड खुइलिसक्यो ।
कसैको भारी बोक्दा बोक्दै टाउको खुइलिसक्यो ।
कतिको झोला बोक्दा बोक्दै काध खुइलिएको छ ।
लुटेराहरुको नोट गन्दा गन्दै हात खुइलिएको छ।
जनता
प्रजातन्त्र का लागि लडे र मरे ।
लोकतन्त्रका लागि लडे र मरे ।
गणतन्त्रका लागि लडे र मरे ।
नेता
शक्तिका लागि लडे र बाचे ।
कुर्चिका लागि लडे र बाचे ।
त्यसैले
शहिदहरु मरेर पनि जिवित छन् ।
जनताका अधि नेताहरु जिउदै मरिसकेका छन् ।
-बरुण बस्याल