दिवेश कुमार महतो/ढल्केवर
धनुषाको मिथिला नगरपालिका को केन्द्रबिन्दु ढल्केबर मा रक्तदान कार्यक्रम गरिएको छ।
मिथिला नगरपालिका -६ ढल्केवर स्थित धनुष पेट्रोल पम्पमा शनिबार एका बिहानै देखि रक्तदान कार्यक्रम सञ्चालन ल्याइएको थियो।
जिल्लामा भइरहेको रगतको कमीलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइट्टी धनुषाको सहयोगमा दारी ग्याङ्ग मधेस प्रदेश र ब्लड फर नेपालको संयुक्त आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको कुरा दारी ग्याङ्ग मधेश प्रदेशका संयोजक देवराज घिमिरेले बताउनुभयो । बिरामीलाई उपचारका लागि रगत अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले जानकारी दिनुभयो ।
रक्तदान मानव जीवनको सर्वोत्तम कार्य भएको बताउँदै दारी ग्याङ्गका अध्यक्ष घिमिरेले रक्तदान गरेर अमुल्य सहयोग गर्ने सम्पूर्ण रक्तदातालाई आभार प्रकट गरे । उनले आफूले पनि रक्तदान गर्दै अहिलेसम्म दस पटक रक्तदान गरेको कुरा बताउनुभयो।