
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ९औं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसको तर्फबाट ३ जनालाई मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्रीले धनराज गुरुङलाई कानुन, मोहन बस्नेतलाई स्वास्थ्य र डिगबहादुर लिम्बूलाई खेलकुदको जिम्मेवारी दिएका छन् ।
यसअघि संस्थापन र इतर पक्षबीच सहमति नजुट्दा कांग्रेसले पूरा नाम पठाएको थिएन । मन्त्री बनेकामध्ये गुरुङ र लिम्बू इतर पक्षका अर्थात् डा. शेखर कोइराला पक्षका हुन् भने बस्नेत संस्थापन पक्षका हुन् ।
कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि नै देउवाले आफू निकटका ५ जनालाई मन्त्री बनाइसकेका छन् ।