महोत्तरी – सोनमा गाउँपालिकामा एक बालककाे पोखरीमा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका ७ सुन्दरपुरको जानकीनगरटोल नजिकको पोखरीमा डुबेर बालकको मृत्यु भएको छ।



मृत्यु हुनेमा सोही ठाउँ बस्ने उपेन्द्र सदाको छोरा अन्दाजी वर्ष ५ को आसिक सदा रहेको छ।
बालकको शव पोष्टमार्टमको लागि जलेश्वर जिल्ला अस्पताल पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





