जनकपुरधाम । सप्तरीमा घाँटी रेटेर एक युवकको हत्या भएको छ ।
हत्या भएको अवस्थामा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । मृतकको पहिचान भने खुलेको छैन ।



स्थानीयले आज बिहान खेतमा युवकको शव स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलि घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ।




