महोत्तरी- औरही नगरपालिका वडा नं.२ बाट भंसार छलि ल्याएका अवैध सामान प्रहरी चाैकी औरहीले नियन्त्रणमा लिएको छ ।
भारतीय सिमा नाकाबाट नेपाल तर्फ भन्सार छलि ल्याउँदै गरेको खाद्यान्नका सामाग्रीहरु प्रहरी चौकी औरहीले बरामत गरेको हो। उक्त खाद्यान्नको सामाग्री करिब ४६ हजार रुपैयाँ बराबरको रहेको प्रहरी चौकी औरहीले जनाएको छ ।

प्रहरी चौकी औरहीबाट प्र.स.नि. संजित कुमार साहको कमाण्डमा खटिएको टोलिले उक्त समान नियन्त्रणमा लिएको हो । बरामत गरिएको सामान आवशक कार्यवाहीका लागि ईलाका प्रहरी कार्यालय गौशाला पठाईएको प्रहरी चौकी औरहीले जनाएको छ ।
महोत्तरी जिल्लामा सबै भन्दा बढी साना उमेरका बालबालिका र महिलाहरु भारतीय सिमा नाकाबाट नेपाल तर्फ भन्सार छलि गरि सरसामान लियर आउने गरेका छन्।पढने उमेरका बालबालिकाहरु बढी यस्तो कार्यमा देखिन्छ।


