काठमाडौं। टिकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई ‘आममाफी’ दिन अपिल गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको फाइल फिर्ता भएको छ।
कैलालीको टिकापुरमा २०७२ भदौमा भएको घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरीलाई राष्ट्रपति मार्फत आममाफी दिएर रिहाइ गर्ने सरकारको तयारी थियो।
तर,राष्ट्रपति कार्यालयले शुक्रबार फाइल अध्ययन गरेर फिर्ता पठाएको हो। टिकापुर घट्नामा ज्यान गुमाएका प्रहरीकी श्रीमती शारदा कडायत बोहराले पनि शुक्रबार राष्ट्रपति कार्यालय पुगेर आममाफी नदिन निवेदन दिएकी थिइन्।




