कृष्ण राज गिरी/भैरहवा
सरकारी छाप, दस्तखत किर्ते मुद्दामा कैद सजाए ताेकिएका फरार प्रतिवादीलाई ३३ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत, रुपन्देही द्वारा सरकारी छाप, दस्तखत किर्ते मुद्दामा दाेषि ठहर गर्दै ३३ वर्ष पूर्व एक वर्ष एक महिना छ दिन कैद फैसला सुनाएका फरार प्रतिवादी मंगल प्रसाद यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो।
साविक सुर्यपुरा गाविस वार्ड नं ९ हाल गैडहवा गाविस वार्ड नं ६ मोजरहवा का चौसठ्ठी वर्षीय यादवलाई ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले घर बाट नै पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ,रुपन्देही का प्रवक्ता डीएसपी श्यामु अर्यालको अनुसार २०४७ वैशाख १३ गते रुपन्देही जिल्ला अदालतबाट किर्ते सरकारी छाप दस्तखत मुद्दामा कैद फैसला भई यादव फरार रहेका थिए ।
यादवलाई पक्राउ गरि फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहमा उपस्थित गराई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय, भैरहवा पठाईएको डीएसपी अर्यालले जानकारी दिए ।




