महोत्तरी- मधेश प्रदेशका वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले मटिहानी नगरपालिकाको विकासका लागि आफूले हरसम्भव सहयोग गर्ने कुरा बताउनु भएको छ ।

महोत्तरी जिल्लाको मटिहानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै मन्त्री कुर्मीले ऐतिहासिक र धार्मिक महत्व भएको मटिहानीमा आन्तरिक पर्यटन बढाउन एक व्यवस्थित पार्क निर्माण गर्ने भन्नुभयो ।

मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लोसपा संसदीय दलका नेता अभिराम शर्मा , पार्टीका नगर अध्यक्ष श्याम कुमार मण्डलले मटिहानी नगरपालिकाको विकास बारे बोल्नु भयो ।

यस अघि वन मन्त्री कुर्मीलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले सम्मान पनि गर्नुभयो । मन्त्री कुर्मीले लक्ष्मी नारायण मठ र लक्ष्मीसागरमा पूजा, दर्शन र आरती समेत गर्नु भयो ।




