महोत्तरी- महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमको शिपमुलक तालिममा जोड दिनु पर्ने कुरा बताउनु भएको छ ।

मटिहानी नगरपालिकाको लघुउद्यम विकास शाखा द्वारा पालिकाको वड़ा नं. ७ का महिलाहरुको लागि फेब्रिक पेन्टिंग तालिममा सहभागीहरुलाई आज प्रमाणपत्र वितरण गर्नुहुदै उँहाले मिथिला क्षेत्रमा पेन्टिंग तालिमको विशेष महत्व रहेको भन्नुभयो ।
एक महिना सम्म संचालित पेन्टिंग तालिममा २० जना महिलाहरु सहभागी रहेका थिए ।




कार्यक्रममा लघुउद्यम शाखा प्रमुख कुन्दन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह, प्रशिक्षक लगायतका सहभागी रहेका थिए ।




