
महोत्तरी - डिविजन वन कार्यालय महोत्तरीले गोप्य टेन्डर पारेर विभिन्न योजनाहरुमा कमिशनको चलखेल गरी योजना वितरण गरेको पाइएको छ । वन प्रमुख अजय कुमार मिश्रले ठेक्केदार लाई काम दिए बापत १५ प्रतिशत देखी लिएर २० प्रतिशत सम्म कमिशन लिने गरेको छ । ५० लाखको सव डिविजनको मर्मत सम्भार कार्य योजनालाई टुक्राएर कमिशनकै भरमा वन प्रमुख मिश्रले १०।१० लाखको ५वटा योजना बनाएर २० प्रतिशत सम्म कमिशन लिएको नाम नछाप्ने शर्तमा एकजना कर्मचारीले बताए । वन प्रमुख मिश्रले कागजी मिलान गरेर ठेक्केदार सँग रकम असुल गरेको र कामै नभएको योजनामा समेत भुक्तानी गर्नका लागी टिप्पणीमा हस्ताक्षर गर्न दबाब दिइरहेको कर्मचारीले गुनासो गरे ।
वन प्रमुख मिश्रले बर्दिवास सब डिभिजन वन कार्यालय गौरीडाँडा को मर्मत सम्भार १० लाख, गढन्ता सब डिभिजन वन कार्यालय गौशाला को मर्मत सम्भारका लागी १० लाख,सशस्त्र वन सुरक्षा शाखा माइस्थानको मर्मत सम्भारका लागी १० लाख ,टुटेश्वरनाथ सब डिभिजन वन कार्यालय टुटेश्वरको मर्मत सम्भारमा १० लाख,बाँके मरहा सब डिभिजन वन कार्यालय ल्क्ष्मििनियाको मर्मत सम्भारमा समेत १० लाख रकम विनियोजन गरेर कमिशन असुल गरेको वन प्रमुख मिश्र माथी आरोप रहेको छ । आफनै आफन्तलाई योजना टुक्राएर ३ वटा फार्ममा योजना दिएको छ ।
ठेक्केदार सँग कमिशन लिएको गुनासो मधेश प्रदेशको वन मन्त्रालयमा पुगेपछि मिश्रलाई कार्वाही स्वरुप सरुवा गर्न मन्त्रालय लागेपछि उनी अहिले महोत्तरीमै बस्नका लागी चलखेल गर्न लागेको नाम उल्लेख नगर्ने शर्तमा एक जना डिविजन वन कार्यालयकै प्रसासन शाखाका कर्मचारीले बताए । डिविजन वन कार्यालयको योजनामा नरहेको कामहरु समेत कमिशनकै लागी कार्यालयले रकमान्तर गर्न लागेको छ ।
प्रमुख मिश्र महोत्तरी आएको ६ महिना नवित्दै मन्त्रालयले उनको यही रबैयाका कारण सरुवा गर्न लागेको हो । मिश्र आएको दिन देखी नै कमिशनका लागी आफनो निजी घर जनकपुरमै ठेक्केदारलाई बोलाएर योजना वितरण गर्ने र घरमै कमिशन लिने गरेको अहिले चर्चा छ ।