महोत्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले देशलाई अगाडी वढाउन विकास निर्माणका कार्यलाई प्रभावकारी बनाउनु पर्ने कुरा बताउनु भएको छ ।महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ७ मा नव-निर्मित सामुदायिक भवनको एक समारोह बीच उद्घाटन गर्नुहुँदै उहाँले विकास निर्माण कार्यलाई जनताको इच्छा आकांछा अनुसार कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले संघ र प्रदेशबाट प्राप्त बजेटले स्थानीय तहमा विकास निर्माणमा सहयोग पुगेको भन्नुभयो ।

वडा नं. ७ का वड़ाध्यक्ष जीतनारायण माझीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री दीपक पहाडी, महिला बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह-सचिव आभा श्रेष्ठ कर्ण, नेपाल प्रहरी उपरीक्षक श्री प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका प्रमुख सुकित चौधरी, सशस्त्र प्रहरी नायब उपरीक्षक, मटिहानी नगरपालिकाक़ी उप-प्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।



मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत निर्माण भएको चार कोठे पक्की भवन ३५ लाखको लागतमा निर्माण भएको कुरा पालिकाका इन्जिनीयर विमलेश साहले बताउनु भयो ।





