धनुषा- नेपाल प्रेस युनियन धनुषाको शनिवार बसेको बैठकले उपाध्यक्ष निरजंन कुमार साहलाई साधारण सदस्य समेत नरहने गरि बर्खास्त गर्ने निर्णय गरेको छ ।
युनियन धनुषा अध्यक्ष राजन कुमार सिंहको अध्यक्षता जनकपुरमा बसेको बैठकले उपाध्यक्ष साहले लामो समयदेखि युनियनको आचरण विपरित र युनियनको हित प्रतिकुल हुने गतिविधिहरु गर्दै आईरहेकोमा पटक पटक सचेत गराउंदा समेत अटेर गरि सामाजिक संजालमा युनियनको मानमर्दन हुने अभिव्यक्तिहरु दिदै आउनुको साथै नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा युनियनको हित विपरित युनियन कै अधिकांश सदस्यहरुलाई नियत वश नविकरण नगर्न भुमिका निर्वाह गरेको प्रमाणित भएपछि निजलाई साधरण सदस्य समेत नरहने गरि सदस्यता बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरिएको अध्यक्ष राजन सिंहले जानकारी दिए ।




बैठकले युनियन धनुषाले नेपाल पत्रकार महासंघ धनुषा शाखाले शुद्धिकरणको नाममा युनियन धनुषालाई लक्षित गरि अधिकांश सदस्यहरुको नविकरण नगर्ने गरेको निर्णयप्रति घोर आपति प्रकट गरेको छ । साथै कुनै पनि सक्रिय र क्रियाशिल सदस्यहरुको सदस्यता नविकरणमा नेपाल पत्रकार महासंघ प्रदेश समिति कहि कतै कसैको प्रभावमा नपरि तटस्थ भुमिका निर्वाह गर्न मांग गरेको छ ।





