अनु खनाल /बर्दिबास
मजदुर हकहित सम्बन्धी विभिन्न माग राख्दै चिनी उद्योगमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । पारिश्रमिक वृद्धि लगाएतका माग सहित मजदुरहरुले आन्दोलन सुुरु गरेका हुन् ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं.१ रामनगर स्थित देशकै ठूलो एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज लि.मा कार्यरत मजदुरहरुले पनि सो आन्दोलनमा एैक्यवद्धता जनाउदै चिनी उद्योगको मुख्य गेटमा नारावाजी गरेका छन् ।

विगत तिन वर्ष देखि एउटै तलवमा काम गर्न बाध्य पारिएको भन्दै कम्तिमा नेपाल सरकारको श्रेणी विहिन कर्मचारीले पाउने तलव बराबर तोकिनु पर्ने ट्रेड युुनियन महासंघका केन्द्रीय सदस्य मुुरारी दुलालको भनाई छ । आन्दोलनलाई संबोधन गर्दै उनले यो आन्दोलन असार ३० गते सम्म जारी रहने जनाए ।
नयाँ आर्थिक वर्ष सुुरु हुनै लागि सक्दा पनि चिनी उद्योगका संचालकहरु र सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको मजदुरहरु बताउँछन् । मजदुरहरुको खाईपाई तलव शत प्रतिशत वृद्धि गर्नुपर्ने, मजदुुरहरुको न्यूनतम तलब रु.पैतीस हजार कायम गर्नुुपर्ने, श्रम ऐन २०७४ मा भएका मजदुुर विरोधी दफाहरु खारेज गर्नुपर्ने , योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने , अधिकार सम्पन्न मजदुुर आयोग गठन गर्नुु पर्ने जस्ता मागहरु यथाशिघ्र पुरा गर्न आन्दोलन मार्फत मजदुरहरुले आग्रह समेत गरेका छन् । सो मागहरु प्रति सरोकारबालाले कुनै सुनवाई नगरे साउन एक गतेदेखि अझै दवाब मुलक कार्यक्रमहरु गरिने समेत उनिहरुको भनाई छ ।

यस अघि पनि कोरोनाको बाहनामा मजदुरहरुलाई निराश बनाएको समेत श्रमीकहरुले गुनासो गरेका छन् । त्यसैगरी सर्लाहीमा रहेको ईन्दुशंकर चिनि उद्योगका अखिल नेपाल औधोगिक मजदुुर संघ र अखिल नेपाल सेक्युरिटी मजदुर संघ ईकाई समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम भएको छ । सो कार्यक्रम चिनी उद्योगको मुल गेट अगाडी गरिएको थियो ।




