कृष्ण राज गिरी/भैरहवा
लुम्बिनी प्रदेश सरकारले दुई वटा मन्त्रालय को नाम फेरेको छ।लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको वैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको हो।
लुम्बिनी प्रदेश सरकार ले फेरिएको दुई वटै मन्त्रालय राजपत्रमा प्रकाशित भए पछि सन्तोष कुमार पाण्डेय गृहमन्त्री र धन बहादुर मास्की अर्थ मन्त्री भएका हुन्। मन्त्रालय को नाम परिवर्तन अघि सन्तोष कुमार पाण्डेय आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री र धन बहादुर मास्की आर्थिक मामिला मन्त्री थिए।







