कृष्ण राज गिरी/भैरहवा
भगवान् गौतम बुद्ध को जन्मस्थल लुम्बिनी मा लुम्बिनी विकास कोष परिषद वैठक को साउन ८ गते सोमवार उद्घाटन भएको छ।
उद्घाटन सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोष का अध्यक्ष सुदन किराती ले गरेका छन् ।

वैठक मा मन्त्री किराती ले ' विश्व मानव समाजमा शान्तिको वैचारिक क्षेप्यास्त्र आविष्कार गर्ने महान दार्शनिक गौतम बुद्ध लाई उच्च सम्मान गर्दै , विगत वर्तमान र भविष्य माथि व्यापक सिंहावलोकन गरिनेछ ' भनेका छन् ।
लुम्बिनी विकास कोष परिषद वैठक मा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री एंव लुम्बिनी विकास कोषका अध्यक्ष सुदन किराती लगाएत राज्यमन्त्री सुशिल श्रीपाली ठकुरी, कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराइ, सहित पदाधिकारी, कार्यसमिति सदस्य र परिषद सदस्यहरुको उपस्थिती रहेको थियो ।




