कृष्ण राज गिरी/भैरहवा
मोटरसाईकल चोरी गरेको अभियोग मा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले कपिलवस्तु नगरपालिका वडा नं ६ वाट लोक बहादुर वि.क लाई पक्राउ गरेको छ।
कपिलवस्तु प्रहरी ले बुटवल उप-महानगरपालिका वडा नं ११ मा रहेको देविनगर रंगाशाला मा पार्किगं गरिराखेको भिम बहादुर खासु को लु ३५ प १६२८ नम्वर को १५० सि.सि मोटरसाईकल साउन ७ गते चोरी भएको र सोही मोटरसाईकल निज वि.क ले चलाई राखेको अवस्था मा पक्राउ गरेको हो।
मोटरसाईकल धनि भिम बहादुर खासु ले ईलाका प्रहरी कार्यालय बुटवल मा चोरी भएको निवेदन दिएको ले निज वि.क लाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु ले ईलाका प्रहरी कार्यालय बुटवल मा दाखिला गरेको र ईलाका प्रहरी कार्यालय बुटवल ले चोरी सम्वन्धि कसुर मा रुपन्देही जिल्ला अदालत वाट म्याद थप लिई थप अनुसन्धान भई राखेको जनाएको छ।




