
धनुषा- धनुषा मिथिला नगरपालिका बसहीखोलामा डुवेर एक वालकको मृत्यू भएको छ ।
मिथिला नगरपालिका १ आनन्दपुर बस्ने सुवोध यादवको १४ वर्षीय छोरा अजय कुमार यादवको मृत्यू भएको हो ।
मंगलवार देखि यस भेगमा परिरहेको लगातारको वर्षाले गाउँ नजिक रहेको वसही खोलामा आएको वाढिमा डुवेर मृत्यू भएको स्थानियले जनाए ।
मंगलवार विहान शौच गर्न गएको बालक खोला छेउबाट चिप्लेर खोलामा डुवेको थियो । स्थानिय बसही खोलामा वालक डुवेको खवर पाउन साथ पुगेका नकटाझिज सशस्त्र प्रहरी बेस क्याम्पका इन्सपेक्टर सुदर्शन खतिवडा नेतृत्वको प्रहरीटोली, स्थानियहरुको सहयोगबाट वालकलाई खोलाबाट उद्धार गरेका थिए ।
स्थानीयको सहयोगमा सुरक्षाकर्मीले उद्धार गरी महेन्द्रनगरस्थित अस्पतालमा पु¥याएको भए पनि गम्भीर अवस्थाका यादवको उपचारको क्रममा मृत्यु भएको उहाँले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले बताए ।