
जनकपुरधाम। सिरहामा सर्रे खोलाको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको लहान नगरपालिका २४ झुटकीका ३५ वर्षीय शिवनारायण यादव छन् ।
शनिबार बाढीले बगाएको उनको शव नहरा-भगवानपुर स्थित बलान खोलामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनी शारीरिकरुपमा अशक्त (अपाङ्ग) रहेका थिए ।