
एसिया कप–२०२३ को सुपर फोरमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले मंगलबार भएको खेलमा घरेलु टिम श्रीलंकाविरुद्ध ४१ रनको जित निकालेको हो ।
श्रीलंकाको आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४१.३ ओभरमा १७२ रनमै समेटियो ।