
हरितालिका तिज ,साउने सोमबारे , शिवरात्री जस्ता दिनहरुमा शिवकै महिमा र पुजा अनि उनी जस्तै पतिको इच्छा किन गर्दछन्? अविवाहित महिलाहरु । यो खोजीको विषय हो । प्रस्तुत लेख मैले कुनै धार्मिक सम्प्रदाय प्रतिको आस्था माथि ठेस पुर्याउन लेखेको हैन । यद्यपि कसैको धार्मिक आस्था माथि ठेस लागेमा मेरो अल्पज्ञान सम्झी क्षमा गरिदिनु होला । मैले यो लेख विभिन्न धार्मिक ग्रन्थ र मिथक र मेरो आफ्नै कल्पनाको आधारमा लेखेको हुं ।

हिन्दु धर्ममा भगवान शिवको अतिरिक्त अन्य पनि कैंयौ देवीदेवता छन् । जो शक्ती ,शीलस्वभाव र सुन्दरताको हिसाबयुक्तले छन् । यद्यपि नारीहरु शिव जस्तै पतिको इच्छा किन गर्दछन् ? आउनुहोस यसबारे केही विचार मन्थन गरौं ।
भगवान शिवलाई पतिको रुपमा प्राप्त गरुं भनीे पार्वतीले लिएको ब्रतकथाहरु बहुचर्चित भएकै कारण पनि सामान्य लोकभाषामा शिव जी जस्तो पति प्राप्तिका लागि ब्रत बसिएको भन्न थालिया हो । यो लोकोयुक्ती कालान्तारमा जनकथनीय भनाइ पनि हुंदै गएको हो भन्न सकिन्छ ।

सामान्यतया किशोरावस्थामा प्रवेश गरिसकेपछि अर्थात १३।१४ वर्ष देखि केटिहरु ब्रत बस्न थाल्दछन् । यस समयमा उनीहरुमा तीव्र वृद्धि विकास सुरु हुन्छ । उनीहरुमा धर्म, संस्कृति र समाजप्रतिको दृष्टिकोण बन्दै जान्छ । मानसिक तथा शारीरिक वृद्धिविकास हुंदा विपरित लिङ्गीप्रति आर्कषण बढ्न थाल्दछ । आफ्नो समकालीन केटासाथीलाई भित्रभित्रै मन पराउने , उनीहरुलाई आफ्नो भविष्यको पतिको रुपमा देख्ने गर्दछन् । अग्रजहरुले शिव जस्तै पति पाउन ब्रत बसेको भनिदिंदा त्यसको पछाडीको कारण थाहा पाए बिनानै त्यहि भनाइ अनुसरण गर्दै भन्न थालिएको हुन सक्छ । यद्यपि यस कुरामा खासै तार्किक प्रमाण त छैन तर यस्तो हुन सक्ने अनुमान गर्न सकिन्छ ।
तथापि यस्ता ब्रत जुनसुकै उमेर समुहका विवाहित तथा अविवाहित महिलाहरुले लिने गर्दछन् ।
विशिष्ट पति शिव नै किन ?
हिन्दु धर्ममा शिवलाई न आदि न अन्त्य अर्थात अनादि अन्नत्य मानिन्छ । शिव शुन्य हुन् उनी भएर पनि नभएको र नभएर पनि भएको मानिन्छ । सम्पुणर् देवीदेवताको समयचक्र समाप्त भइसकेपछि सबै शिवमै बिलिन हुने र शिव स्वयम पनि सुक्ष्म आकारमै भएपनि अस्तित्वमा रहने हुनाले उनलाइ अनाँदी अन्नत्य भनिएको हो ।

शिवको अस्तित्व कहीँ न कहीँ भइरहने भएकोले पनि आफ्नो श्रीमानको आयु स्वतः लामो भएर जीवनभर सौभाग्यवती र जीवनसाथीको साथ पाइयोस भन्ने इच्छाले हुन् सक्छ , शिव जस्तै पतिको चाहना
यस कुरालाई नेवार जातीको इही पुजा अर्थात बेल विवाहले पुष्टि गर्दछ । शिवलाई अत्यन्तै मन पर्ने बेल संग शिवकै प्रतीक सम्झेर सानैमा नेवारी कन्याको विवाह गरिदिंदा जीवनभर सौभाग्यवती भइरहनछिन र पतिको मृत्यु केहीकारण बस भयोभने पनि अन्य जातीमा जस्तो सौभाग्यको सामान त्याग गर्नु पर्ने बाध्यता यस जातीमा छैन । यसका लागी उनीहरुलाई समाज र संस्कार दुवैले प्राचीनकाल देखी नै छुट दिएको छ ।
शिव जस्तै पतिको चाहना हुनुको अर्को कारण चैं शिवले पत्नीलाई कहिल्यै दासीको रुपमा नलिई आफ्नै शरीरको आधा हिंस्सा मानेका थिए ,त्यसैले उनको अर्धनारेश्वर अवतारको चर्चा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
पत्नी मरिसकेपछि पनि उनको लासलाई पिंठ्युमा राखेर सय वर्ष सम्म बहुला जस्तै भई पृथ्वीमा भ्रमण गरिरहें । अचेल श्रीमतीको लासलाई जलाएर आइसक्दा घाट देखिनै दोश्रो विवाहको चर्चा हुन्छ । जवकि महिलाको हकमा यो कुरा पुणर्त अमान्य छ ,पतिको मृत्यु पछि सन्तान भए उनीहरुलाई पालनपोषण गर्नु पर्ने । यदी सन्तानै नभए जीवनभर आफ्नो भाग्यलाई धीक्कार्दै बस्नु पर्छ । कतिपय महिलाले दोश्रो विवाहको आँट गरे परिवार र समाजबाट तिरस्कृत हुनुपर्छ भने परिवारले छोरी या बुहारीको दोश्रो विवाहको सर्मथन गरे समाजबाट तिरस्कार सहनु पर्छ ।

महादेवले आफ्नो आधा शक्ती पार्वतीलाई दिएर आफु समानकै सक्ती सम्पन्न बनाए । तर अचेल पनि कतिपय पुरुषहरु महिलालाई आधा शक्ती दिनु हुन्न भन्न्ो मानसिकताबाट ग्रसित छन । महिलाई आफु समान बनाए हेपिन्छ भन्ने पुरातन विचारले जरो गाड्दा अझै कतिपय महिलाहरु घर गृहस्थीमै सिमित छन् ।
आजको समयमा महिलाहरु शिव जस्तै विवेकी अशल,इमान्दार पतिको चाहना गर्दछन । शिवले पार्वतीमाथि न कहिल्यै शंका गरे । न कहिल्यै कुनै कुरामा अंकुश लगाए । पार्वतीलाई सन्तान नहुने श्राप परेको थियो । गणेश मयलबाट र कुमार उर्जाबाट जन्मिएका सन्तान हुन । आजको आधुनिक युंगमा पनि कैयौ पुरुषहरुले आफ्नै रक्त सम्बन्धको सन्तानको चाहना राख्दा सन्तान जन्माउन नसकेका महिलारुको जीवन नारकीय बनेको छ । छोराको चाहना राख्ने श्रीमानले श्रीमतीलाई गर्भपतनको दवाद दिंदा महिलाको शरीर जीणर् बन्दै गएको छ । कतिपय अवस्थामा त्यहीं या अन्य कुनै निहुंले दोश्रो विवाह गरेर श्रीमतीलाई प्रताडना दिएको कुरा समाचारमा पढन र हेर्न पाइन्छ । विवाहइत्तर अन्य स्त्री संगको नाजायज सम्बन्धको कारण समाजमा महिलाहरु प्रताडित छन् । अन्यको कुरा सुनेर या आफ्नै आम धारणले श्रीमतीमाथि अंकुश लगाउने श्रीमानहरु प्रस्सतै भेटिन्छन ।
के शिवजस्तै पतिको इच्छा राख्ने पत्नीहरु पार्वती जस्तै छन् ?
हिजोआज बद्लिदो समाज र परिवेशकै कारण कतिपय पुरुषहरु पनि साउने सोमबारे , तिज जस्ता ब्रतहरु लिन्छन् । महिलाहरुले शिव जस्तै पतिको चाहना राखे झैं पुरुषहरुले पनि पार्वती जस्तो पत्नीको चाहना राख्नु गलत होइन । भविष्यमा आफ्नो जीवनसाथी राम्रो होस् भन्ने चाहना हरेक अविवाहित महिला तथा पुरुषमा हुनु स्वभाविक हो । अचेल महिलाहरु पनि कम छैनन । अशल श्रीमानको चाहना राख्दा आफु पनि अशलै हुनुपर्छ । जापान,अष्टेलिया तथा अन्य युरोपियन मुलुकको डि .भी ,पि आर लिएका संग मात्रै विवाह गर्ने । नेपालमै विवाह गरे सुखी सम्पन्न परिवार , सहरी इलाका भएकाहरु खोज्ने , राम्रो तहमा जागिर खाएकाहरु संग विवाह गर्ने परिपाटी झांगिदै गएको छ । जसको फलस्वरुप अहिले मानिसको संस्कार , संस्कृति शीलस्वाभव सबै पैसमा किनबेच भइरहेको छ । यदी यस्तै चलन रहीरहे पुंजीपतिहरुकै साम्राज्य विस्तार हुन धेरै समय लाग्दैन । सम्पन्न मात्रै खोजेर बिहे गर्दा एकअर्काबिच मायाप्रेमको अभावमा सम्बन्धहरुमा खटपट हुन्छ । जसको सिधा असर छोराछोरीमा पर्न जान्छ । त्यसैले आफ्नो विचार भावना मिल्ने बराबरीकोसंग सम्बन्ध जोड्नु राम्रो मानिन्छ ।

विवाह भइसकेकाहरुले पनि अन्यको देखासिकी गरेर श्रीमानलाई धेरै पैसा कमाउन दवाव दिने , विदेशमा जान बाध्य बनाउने अनि आफु भने त्यहीं पैसाले मोजमस्ती गर्ने अन्य परपुरुष संग अवैध सम्बन्ध राख्ने जस्ता सामाजिक विकृति फैलदै गएको छ । तिज जस्ता चार्डपर्वमा दरको नाममा महिनौ दिनदेखि दर खाने अश्लील हर्कत गर्ने जस्ता गतिविधि टडकारो हुंदै जाँदा सामाजिक वैमनुष्यता बढदै छ । अनाआवश्यक ठाँउमा धेरै खर्च गर्दा अचेल श्रीमानहरु पनि दुखी छन् । पैसा कमाउन गलत मार्ग रोज्न बाध्य भएका छन ।
तसर्थ नर र नारी , श्रीमान र श्रीमती एकै सिक्काका दुई पाटा हुन् । यि एकै रथका दुई पाङ्ग्रा हुन् एकको अभावमा अर्कोको अस्तित्व सम्भव छैन । सन्तोषम् परम् सुखम् भन्ने संस्कृतको यस भनाइलाई आत्मसाथ गर्दै स्वदेशमै सुकर्मले आर्जन गरेको सम्पति सही ढंगले खर्च गरेर जिविको पार्जन गर्नु राम्रो हो । हासीखुसी सबै परिवार एकैसाथमा रहे हरेक दिन चार्डपर्व हरेक दिन उत्सव हुन्छ । हरितालिका तिजको सबैमा हार्दिक शुभकामना । सबैको मनोकामना पुरा होस् ।