महोत्तरी। महोत्तरी जिल्लाको मटिहानी स्थित रहेको लक्ष्मीनारायण मठ (मन्दिर) बाट प्रत्येक वर्ष विजया दशमीको अवसरमा निस्कने शोभा यात्रा (जात्रा) आज विधिवत रुपमा निकालियो ।
बाजागाजा सहित लक्ष्मी नारायण मन्दिरबाट भगवानलक्ष्मीनारायणको डोलामा राखि निस्केको सो जात्राले मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरेका थिए ।