राधेश्याम कुशवाहा/ मंलगवा सर्लाही
नेपाली राष्ट्रिय क्रीकेट टिमका अलराउण्डर गुल्झन झा आफनो गृह जिल्लामा नेपाल पत्रकार महासंघले आयोजना गरेको अभिनन्दन कार्यक्रम पुग्दा उहाँसंग तस्बिर खिचाउनेको भिड नै ओर्लिएको थियो ।




चक्रघट्टा गाउँपालिका -७, सगरदिना स्थायी घर भई, हाल सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएको गुल्झन झा आज बिहान १२ बजे बुबासंग जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अभिनन्दन समारोहमा पुग्दा उहाँसंग तस्बिर खिचाउनेको भ्याईन्भ्याई थियो । घरमा पनि उहाँलाई भेट र तस्बिर खिचाउन भारी संख्यामा मानिसहरूको आगमन हुँदै आएको छ ।

क्रीकेट खेलमा नेपालले एतिहासिक उपलब्धि हासिल गर्दा अलराउण्डर झा समेत उत्कृष्ट प्रदर्शन गर्दा उहाँको लोकप्रियता स्वदेश तथा विदेशमा एक एक चुलिएको हो ।
छोराले देशको शान राख्न सफल भएकोमा उहाँको बुबा अखिलेश झाको समेत खुशिको सिमा थिएन, ।
उहाँले भने, छोरा देशको लागि खेल्नु हाम्रो लागि कुनै सपना भन्दा कम छैन । सानो हुँदा छोरा मेरो नामले चिनिए, आज छोराको नामले देशभरी चिनिदा गर्व महसुस गरेको छु । छोराले भविष्यमा अझ राम्रो प्रदर्शन गरोस भने आशा लिएको छु।

आज सर्लाहीबाट राष्ट्रिय क्रिक्रेट टिममा खेलिन सफल एक मात्र खेलाडी अलराउण्डर गुल्झन झा लाई गृह जिल्लामा भव्य स्वागत सहित सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासघ शाखा सर्लाहीले सदरमुकाम मंलगवा स्थित जिल्ला समन्वय समिती सर्लाहीको सभा हलमा एक कार्यक्रम आयोजना गरि अभिन्दन पत्र हस्तान्तरण सहित सम्मान गरेको सचिव सुनिल ठाकुरले जानकारी दिए ।
नेपालले ईतिहास रच्दै एक दशकपछी फेरि टि-२० विश्वकपमा स्थान बनाउदा लगायतका एसिया कप र एसियन गेममा गुल्झन झा ले राम्रो प्रदर्शन गरेको योगदानको कदर गर्दै उहाँको हौसला र मनोबल बढाउन अभिनन्दन गरेको नेपाल पत्रकार महासघका अध्यक्ष टंक क्षेत्रीले जानकारी दिए ।
नेपालले विश्व क्रिक्रेटमा उदाउदै देश भारत, पाकिस्तान टिमहरु सामु उत्साहजनक र सम्मानजक प्रदर्शनमा गरेको छ, अध्यक्ष क्षेत्रीले भने । गुल्झन झा ले समेत राम्रो खेली सर्लाही सहित पुरै देशको शिर उच्च राख्न महत्त्वपूर्ण भुमिका खेलेको उहाँको भनाई छ ।
कार्यक्रममा उपस्थित जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख कौशल किशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सुरक्षा निकायका प्रमुखहरु लगायत जिल्लामा क्रियाशिल पत्रकारहरूले झा लाई भव्य स्वागत सहित सम्मान गरेका हुन ।
कार्यक्रममा बोल्दै नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले तिनै तहका सरकारले गर्नुपर्ने अभिनन्दनको काम नेपाल पत्रकार महासङ्घले गरेको गरेको बताए ।
सर्लाही सहित देशकै सान बढाउन सफल झा लाई तिनै तहका सरकारले सम्मान गरि खेलमा पनि लगानी गर्नुपर्नेमा उहाँले जोड दिए ।
सर्लाहीमा क्रीकेट खेलका लागि राम्रो स्टेडियम र पुर्वाधारको अभाव रहेका कारण गुल्झन झा जस्तै गाउँ टोल र देहातका अन्य प्रतिभावान खेलाडीहरु अवसरबाट बन्चित हुँदै आएको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महतोले बताए । संघिय सरकार र प्रदेश सरकारको लगानीमा जिल्लामा एउटा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण गर्नुपर्ने बताउदै एक स्थानिय तह एक खेल मैदान सहितको अवधारणा सरकारले ल्याउनुपर्नेमा उहाँले जोड दिए ।
छठलगत्तै सदरमुकाम मलङ्गवामा गुल्सनलाई बृहत अभिनन्दन गर्ने तयारी भइरहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल कुमार सिंहले जानकारी दिए ।

नेपालमा क्रिकेट खेल प्रति युवाहरूको आकर्षण बढेको छ, सभापती सिंहले भने । अन्य खेलको तुलनामा क्रिकेट खेलमा राज्यको लगानी बढी हुनुपर्ने उहाँको भनाई छ ।
अभिनन्दन समारोहमा जिल्ला समन्वय समिती सर्लाहीका सभापति कौशल किशोर सिंह, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भैरवी गण दलका प्रमुख सूर्य बहादुर कार्की, नेपाल प्रहरी सर्लाही प्रमुख प्रवीण धिताल, सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्व अध्यक्षहरु विश्वनाथ ठाकुर, रोशन न्यौपाने र शङ्कर श्रेष्ठ, सर्लाही क्रिकेट सङ्घका कोषाध्यक्ष तुलसी यादव, गुल्सनका पिता अखिलेशकुमार झा लगायत जिल्लामा क्रियाशिल पत्रकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।





