महोत्तरी-मटिहानीमा आज छठ पूजालाई लक्षित गरी बिशेष सरसफाई गरिएको हो ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलको अगुवाईमा आज मटिहानी देखि आवर जनकपुर जाने बाटोमा पर्ने बिघी नदीघाट र मटिहानी तुल्सियाही घाटमा सरसफाई गरिएको छ।

त्यसै गरी पानीलाई सफा र दुर्गन्ध रहित राख्न चुना समेत हालिएको छ ।
यसमा सरसफाई कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख मंडल मटिहानी नगरपालिकाका राष्ट्र सेवक कर्मचारीहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।





