
महोत्तरी - औरही नगरपालिका वडा नम्बर १ औरहीमा रहेको महादेव पोखरीमा पनि औरही नगरपालिका १ मा रहेको खत्वे समाज सेवा समितिद्वारा विशेष सरसफाई गरेको छ ।
यससँगै औरही नगरपालिका वडा नम्बर १ बाट बग्ने जङ्गहा खोला,पोखरी र औरही नगरपालिका २ औरहीमा बिभिन्न पोखरीमा छठ पर्व मनाइँदै छ।

श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि खत्वे सेवा समितिद्वारा महादेव पोखरी देखि नगरपालिका सम्म विशेष सरसफाई गरेको खत्वे समाज सेवा समितिका औरही नगरपालिकाका अध्यक्ष रामबरण मण्डलले बताए ।

यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम गरिएकोछ। खत्वे सेवासमितिका औरही नगरपालिकाका अध्यक्षले गरेको कामको निरीक्षणका लागि खत्वे समाज सेवा समिति औरही नगरपालिकाका अध्यक्ष मण्डलले महादेव पोखरी लगायत स्थानमा गएका थिए ।
