भैरहवा- काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले मंसिर ४ गते लागुऔषध कोकिन १ के जी ९७३ ग्राम सहित एक भारतिय महिला लाई प्रकाउ गरेको छ।
पक्राउ पर्ने मा ३२ वर्षिय भारतिय नागरिक किमरोसान्गी रहेको र हिमालय एयरलाईन्स को उडान नं एच ९५६४ वाट दोहा हँदै काठमाडौ अवतरण गर्ने क्रम मा शंका लागि खानतलासी गर्दा लागुऔषध कोकिन प्रहरी ले वरामद गरेको हो।वरामद गरिएको कोकिन को अवैध मुल्य अनुमानित ४ करोड ९३ लाख २५ हजार रहेको लागु औषध नियन्त्रण ब्युरो काठमाडौं ले जनाएको छ।

लागु औषध नियन्त्रण ब्युरो काठमाडौं का प्रहरी उपरीक्षक एवं प्रवक्ता चक्रराज जोशी ले लागु औषध कारोवार का अन्तर्राष्ट्रिय तस्करी को नियन्त्रण तथा अनुसन्धान को लागि विशेष सुचना को आधार मा हवाई मार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिने शंकास्पद विदेशी नागरिक को विशेष निग्रानी गर्दै जादाँ निज लाई विमानस्थल को आगमन कक्ष मा फेला पारी निज को शरिर तथा लगेज खानतलासी गर्दा सुटकेश को माथिल्लो भाग मा फल्स वटम वनाई कालो प्लास्टिक को प्याकेट वनाई लुकाई छिपाई राखेको अवस्था मा वरामद गरेको र लागु औषध मुद्दा मा काठमाडौं जिल्ला अदालत वाट म्याद थप भई अनुसन्धान भई रहेको जनाए ।




