धनुषाको बटेश्वरमा धान काटेर ओसारीरहेको अवस्थामा एक वालिका माथी वलात्कार भएको छ ।
धनुषाको वटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफनै खेतमा धान काटन आएकी एक १४ वर्षिय वालिकालाई धान ओसर्ने क्रममा उँखुवारीमा लगेर वलात्कार गरेको पिडित परिवारले आरोप लगाएका छन ।
पडित परिवारका अनुसार सोही ठाउँ बस्ने राम दुलार महतोको खेतमा सवै परिवार धान काटेर साँझ करिब ६ वजे धान ओसार्ने क्रममा राम दुलार महतोको छोरा २८ वर्षीय नविन महतोले घर आउने क्रममा एक्लै भएको अवस्थामा उँखुवारीमा लगेर वलत्कार गरेको हो ।
पीडित परिवारले आरोपी विरुद्ध दिएको उजुरी पश्चात ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले पिडित वालिकाको स्वास्थ्य परिक्षण गराएको छ भने वलात्कार पश्चात फरार रहेको नविनको खोजतलास सुरु गरेको प्रहरीले जनाएको छ।




