जिवनलाई काडा वनाउने कि फूल वनाउने आफैले निर्धारण गर्ने हो । अभाव, दुःख र कठिनायीसगँ जुध्न नसक्दा जीवन काडा वन्न सक्छ भने जुध्ने हो भने फूल वन्न सक्छ ।
व्यवसायी बिष्णु खडकाको जिन्दगीको अनुभवले यस्तै भन्छ । ठुली दिदिले दिएको ४ हजारले व्यवसायिक यात्रा तय गरेका खड्कासगँ अहिले विशाल ब्यवसाय छ, घर छ, गाडी छ अरवौको सम्पत्ति छ । सय जना भन्दा बढीलाई रोजगार दिएका छन । वुवा–आमाको नामवाट आर्थिकरुपमा कमजोर २९ जना भन्दा बढी छात्र–छात्राहरुलाई बार्षिक २० लाख तिरेर अभिभावकत्व लिएका छन ।
तर एउटा भुई मान्छेको जिन्दगी उन्ले भनेजस्तो कसरी फूल वन्यो ?, २०४८ सालमा ४ हजारवाट सुरु गरेको व्यवसायले खडका कसरी अरवौपती वने ? जस्ता कौतहुलले जोकोहीलाई जिज्ञासु वनाउन सक्छ ।
रामेछापको गर्जाङवाट सुःखको खोजीमा उन्को परिवार मकवानपुरको भिमफेदी पुग्दा होस या सर्लाहीको घुर्कौलीसम्म आईपुग्दा होस । जिविकोपार्जनको लागी परिवारले गरेको अनेक संघर्ष कहिल्यै पर्याप्त वन्न नै सकेनन ।
उदेश्य एउटै भएतापनी यतिमात्र फरक वन्यो कि वुवा–आमाले गरेको संघर्ष भन्दा खडकाको संघर्षमा नयापनको पारम्भ भयो ।
“वुवा–आमाले गरेको संघर्ष जिविकोपार्जनको लागी कहिल्यै सहज वन्न सकेन ।” उन्ले ती कठिन दिनहरु सम्झदै भने । “मैले पनि जीवन जिउन संघर्ष गर्नैपर्ने थियो यतिमात्र फरक वन्यो कि मेरो संघर्ष वुवाआमाको ट्र्याक भन्दा फरक वन्यो अनी फरक वनाउनु नै थियो ।”
जुटपानीको नवजिवन विध्याश्रममा एसएलसीसम्मको अध्यण गरेपछी पारिवारिक आर्थिक संकटले पढन नपाएको त्यो अविष्मरणिय नमिठो क्षण होस या भारतको नया दिल्ली पुगेर ६ महिनासम्म चौकिदार गर्दा होस यिनै अप्रिय क्षणहरुले खडकालाई संघर्ष मैदानमा बलियो वनाएर उभ्यायो ।



अनि सुरु भयो व्यवसायायिक यात्रा
चौकिदार गरेर भारतवाट फर्किएपछि खडकाले ठुली दिदिसगँ जम्मा ४ हजार ऋण लिए । त्यतिवेला दिदिको विवाह भैइसकेको थियो ।
सुरुमा त्यो ४ हजारले खडकाले परालको व्यापार गरे । गाउँभरी गएर पराल किन्ने अनि अन्य गाउँहरुमा लगेर वेच्ने खडकाले दिनचर्या नै वनाए ।
यस्ले अली–अली फाईदा पनि हुन लाग्यो । कमाई राम्रै भयो । दिदिसगँ लिएको ४ हजार खडकाले छोटो समयमा नै फिर्ता मात्र गरेनन घरखर्च गरेर पैसाको जोहो पनि गर्न थाले । झण्डै ३ बर्ष यही व्यवसाय गरेपछी खडकाले व्यवसायलाई थप परिमार्जन गर्ने सोच वनाए ।
यतिवेलासम्म हरिवन कै सुकेपोखरी क्याम्पसवाट खडकाले आईए सकिसकेका थिए । पराल वेच्ने पराले व्यवसायवाट सुरु भएको व्यवसायिक यात्रा त्यसपछि दाउरा बेच्ने दाउरे व्यवसाय वन्यो ।
“त्यतीवेला हरिवनमा नै चिनी मिल थियो उनिहरुलाई दाउराको समस्या वनिरहने मैले पहिचान गरे । अनि दाउराको अभावलाई दाउरा बेच्ने व्यवसाय वनाए ।” खडकाले भने ।
खडकाले यस्को लागी गाउँभरीका आपका बगैचाहरु ठेक्का लिए अनि सुकेका आपका रुखहरु काटेर उक्त दाउरा चिनी मिललाई वेच्न थाले ।
यो व्यवसाय परालवाट भन्दा बढी फाइदा हुन थाल्यो । व्यवसाय गरेको एक बर्षमा नै खडकाले ५ लाख भन्दा बढी पैसा जम्मा गरे ।
पराल र दाउरा वेचेर जोहो गरेको पैसाले २०५० सालमा खडकाले फलाम वेच्ने प्रभात हार्डवेयर खोले । यो झन सोचेभन्दा राम्रो चल्न थाल्यो । व्यापारवाट आम्दानी भएको पैसाले अब खडकाले थप साखा बिस्तार गर्न थाले ।
हरिवनमा खोलेको फलाम पसल लालबन्दी र चपुरमा पनि बिस्तार गरे । आम्दानी बढदै गयो । घरको साइलो छोरा भएतापनी पारिवारिक अभिभारा खडकाले नै समाल्न थाले । दुई दिदिबहिनीको विवाह गरे, माईलो दाईलाई अधिबक्ता पढाए, कान्छो भाईलाई आफुसगैँ व्यवसायमा तयार गरे ।
फेरि सडकमा आईपुगे खडका
’सोचे जस्तो हुन्न जीवन
सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ
देखे जस्तो हुन्न जीवन !’
राम्रो र सहज हुँदै गएको खडकाको जीवन दिनेश अधिकारीले रचना गरेजस्तै एकाएक निराशा छायो । व्यवसायमा एकपछी अर्को सफलता हासिल गर्दै गएका खडकाको बढी पैसा कमाउने महत्वाकांक्षाले सपना मात्र चकनाचुर वनाएन उनी पुनः २०४८ साल अगाडि कै अवस्थामा आइपुगे । अझ भनौ सडकमा नै आईपुगे ।
हार्डवेयरवाट राम्रो आम्दानी हुन थालेपछि खडकाले खोलेको प्रभात इट्टा भट्टा उधोग नै उन्को लागी नया सिकाई वन्यो ।
“त्यो समयमा मैले झण्डै ३० लाख गुमाए जुन २०४८ देखि गरेको कडा मेहनतको फल थियो ।” उन्ले भने । “तर म हतोत्साहित भैइन मिटरव्याजमा पैसा लिएर भएपनी साहुलाई ऋण तिरेको त्यो क्षण सम्झदा अहिले पनि मलाई उर्जा आउँछ ।”
हार्डवेयरमा सामान दिने साहुजीहरुले सामान दिन बन्द गरे, गाउँमा बिस्वसनियता गुम्दै गयो, मानिसहरुले अनेक तरहले खडकाको चरित्रमाथी प्रश्न उठाउन थाले ।
तर खडकाको तङग्रीने र उभिने प्रयास जारी नै थियो । ञत चिता म पु¥याउछु ।झ भनेजस्तै खडकाको सम्पर्क फलाम वेच्ने नया साहुसगँ जुडयो ।
उनीसगँको सम्पर्क नै उभिनेमात्र हैन पुरानो विरासत फर्काउने अवसर वन्यो । विस्वास बढदै गयो । बैंकले पत्याउन लागे ।
२०५८ सालमा खडकाले सोही फलाम वेच्ने पसल बर्दिवासमा पनि खोले ।
त्यसपछि खडकालाई वर्दिवासले सवथोक दियो
२०५८ सालमा बर्दिवासमा खोलेको हार्डवेयर जीवन परिवर्तनको आधार मात्र वनेन अहिले उन्लाई व्यापारी भन्दा वढी समाजसेवीले पहिचान दिएको छ ।
उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष समेत रहेका खडकाको सिर्जनात्मक कामहरुले व्यापारले भन्दा बढी नेतृत्वदायी क्षमताले परिचय पाएको हो ।
रोटरी कलव अफ बर्दिवासको अध्यक्ष भएर जिम्मेवारी लिदा होस या उधोग बाणिज्य संघको नेतृत्व समालिरहदा होस सवैको लागी प्रसंसायोग्य मात्र हैन प्रेरणादायी वनेको छ ।
२०५८ सालमा बर्दिवासमा व्यापार सुरु गरेपछि खडकासगँ महंगो ठाउँमा जग्गाजमिन छ, चर्चित विनायक होटल छ अनि सिन्धुलीमा अर्को हार्डवेयर पनि छ ।
बाबू–आमाको नामवाट खोलिएको पदम–सम्सेर स्मृती प्रतिष्ठानले बर्षेनी आर्थिकरुपमा कमजोर जेहन्दार छात्रछात्राहरुको अभिभाकत्व लिएको छ । जहाँ खडकाले उनिहरुको पढाइमा मात्र बार्षिक २० लाख भन्दा बढी खर्च गर्छन ।
कोरोना माहामारीमा आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई निःशुल्क खानेकुरा खुवाउने देखि वेसहाराहरुको सहारा वनेका खडका यस्तै विविध दृष्टान्तहरुले व्यापार मुनाफाको लागी मात्र हैन समाजसेवा पनि हो भन्ने सन्देश प्रवाह गरेका छन ।
“मलाई अरु केहीपनी हैन भुईमान्छेको कथा कस्तो हुन्छ भन्ने म आफै भुक्तभोगी भएको हुनाले थोरै भएपनी मलम बन्न मन लाग्छ ।” खडकाले भने । “यो हुटहुटी छ र त्यसैले सकेको गरिराख्न पाउ भन्ने नै लाग्छ ।”




